कतारको प्रस्ताव अस्वीकार

काठमाडौं, भदौै २४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रसरतामा खाडी मुलुकमा देखिएको विवाद समाधानका लागि कतारी राजा शेख तामिम बिन हमाद अल थानीले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसँग राखेको वार्ता प्रस्तावलाई साउदी अरबले अस्वीकार गरेको छ । खाडी मुलुकमा तीन महिनादेखि जारी विवाद समाधानका लागि कतारी राजाले शुक्रबार साउदीका राजकुमारसँग टेलिफोन वार्ता गरेका थिए । सो वार्तामा दुवै पक्षले कूटनीतिक ढंगले समस्या समाधान गर्ने तदारुकता देखाएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका थिए ।

कतारले आफनो अवस्था स्पष्ट रुपमा सार्वजनिक नगरेसम्म कतारका अधिकारीसँग सम्वाद गर्ने कुरालाई साउदी अरबले अस्वीकार गरेको दोस्रो वक्तव्यमा उल्लेख छ । साउदीको पछिल्लो वक्तव्यमा भनिएको छ कुनै पनि किसिमको संम्वादलाई साउदी अरबले स्थगीत गरेको घोषणा गरेको छ ।

समस्या समाधानका लागि छलफल र पहल गर्न साउदीका राजकुमार मोहम्मदले विशेष प्रतिनिधि कतार पठाउने प्रस्तावलाई कतारका राजा शेख तामिमले स्वागत गरेका थिए । साउदीले कतारमाथि नाकाबन्दी लगाउने बहराईन, इजिप्ट र यूएइसँग परामर्श गरेपछि साउदीले दोस्रो वक्तव्य निकालेर वार्तालाई स्थगित गरेको हो ।

कतारका शेखले अमेरिकी राष्ट्रपति ट्रम्पसँग पनि टेलिफोन वार्ता गरेका थिए । खाडी मुलुकमा देखिएको समस्या समाधानका लागि कुवेत, अमेरिका र फ्रान्सले मध्यस्थताको प्रयास गर्दै आएका छन् ।

साउदी अरब, बहराइन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् ९युएइ०ले गत जुन ५ देखि कतारमाथि कूटनीतिक समस्या सिजना गर्दै नाकाबन्दी गरेका छन् ।

कतारले आतङ्कवादी र अतिवादीलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कूटनीतिक सम्बन्ध बलियो बनाउदै लगेको लगायतका आरोप नाकाबन्दी गर्ने देशहरुले लगाएका छन् । तर, उनीहरुको आरोपलाई कतारले भने पुरै अस्विकार गरेको छ ।  

नाकाबन्दी लगाएका देशले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका छन् । ती माग मध्ये इरानसँगको सम्बन्ध तोड्नु पर्ने र कतारमा रहेका टर्कीका सेना फिर्ता पठाउनु पर्ने लगायतका माग मुख्य रहेका छन् । अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय