दक्षिण कोरिया, भदौ २२-
दक्षिण कोरियाका नेपाली अवैधानिक हुण्डी दलालको बिगबिगी भएको छ । सस्तो दररेटमा स्वदेश रकम पठाइदिने भन्दै कामदारसँग पैसा उठाउने सव–एजेन्टहरू सक्रिय भएका छन् । जसमध्य पैसा उठाउने अधिकांश हुण्डी एजेन्टले दलाल ‘लिडर’लाई पैसा बुझाउने गर्छन् ।
उनीहरूले ढिलोचाँडो स्वदेशमा पैसा पठाइदिन्छन् । तर, पछिल्लो समय भने कतिपय हुण्डी लिडरहरू उठाएको पैसा कुम्ल्याएर भाग्ने वा गुपचुप बस्ने गरेका पनि छन् ।
कोरियामा रहेका एनआरएन प्रतिनिधि, एनसिसी प्रतिनिधि, व्यवसायी, शरणार्थी भिषावाहक, अवैधानिक, सामाजिक तथा राजनीतिक क्रियाकलापमा संलग्न र ईपीएस कामदारहरू नै हुण्डी व्यवयायमा संलग्न छन् ।
उनीहरू आफ्ना च्यानलमा रहेका कामदारसँग पैसा उठाइ प्रमुख लिडरलाई दिन्छन् । उसले चीन, हङकङ वा कोरियन व्यापारीलाई पैसा दिन्छ र नेपालमा उनीहरूकै एजेन्टमार्फत पैसा लिने र ग्राहकको आफन्तलाई दिन्छन् । एक जना कामदारको पैसा पठाइदिएवापत चारदेखि छ जनाले कमिसन खाने गरेका छन् ।
सजिलै पैसा उठाउन मिल्ने र आम्दानी पनि राम्रै हुने भएकाले अधिकांश नेपाली यसतर्फ आकर्षित छन् । अवैध भए पनि उनीहरूले लुकिछिपि हुण्डी रकम उठाइरहेका छन् । पछिल्लो समय ‘शरणार्थी भिसावाला’ एक हुण्डी दलालले नेपाली कामदारसँग नेपाल पैसा पठाइदिन्छु भन्दै करिब ३ करोड रुपैयाँ उठाइ फरार भएका थिए । स्रोतका अनुसार उनी हालसम्म कोरियामै लुकेर काम गरिरहेका छन् ।
त्यस्तै केही वर्षदेखि फरार छन् अर्का हुण्डी दलाल । उनले पनि कामदारबाट एक करोडभन्दा बढी उठाएर वेपत्ता भएका थिए । त्यस्तैगरी, लाखौं रुपैयाँ उठाएर बेपत्ता छन् अर्का एक व्यवसायी । दलालहरू आजको भोलि नै नेपालमा पैसा पठाइदिन्छौं भन्दै कामदारसँग चर्को रकम असुल्ने तर नेपालको असहजताको कारण देखाउँदै महिनौंसम्म पनि नदिने गरेको पाइएको छ । कतिपयले भनें आजको भोलिनै दिने पनि पाइएको छ ।
बैंकमार्फत स्वदेश रकम पठाउँदा सुरक्षित र विश्वासिलो भए पनि महँगो र झन्झटिलो भन्दै अधिकांश कामदारहरू बैंक प्रयोग गर्दैनन् । तर, पछिल्लो समय नेपाल सरकारले ल्याएको बाध्यकारी नियमका कारण भने कतिपय कामदार बैंकतर्फ आकर्षित भएका छन् ।
यहाँबाट नबिल, सिद्वार्थ, नेपाल बाणिज्य, नेपाल इन्भेस्टमेन्ट, हिमालय, ग्लोबल आईएमई, एभरेष्ट, सानिमा र मेगा बैंकमा रकम पठाउन सकिने व्यवस्था छ ।
जसमध्ये केइबीहानामार्फत नविल, सिद्धार्थ, नेपाल वाणिज्य र सानिमा बैंकमा पठाउन सकिनेछ । त्यस्तै, केबिमार्फत ग्लोबल आईएमी र नेपाल इन्भेस्टमेन्ट बैंक, उरीमार्फत एभरेस्ट, हिमालय र मेगाबैंकमा पैसा पठाउन सकिने छ ।
केही रेमिट कम्पनी पनि कोरियामा क्रियाशील छन् ।हाल कोरियामा ५० हजारको हाराहारीमा नेपालीहरू कार्यरत छन् । उनीहरूले मासिक १ लाख रुपैयाँ बचत गर्छन् । कारोवारबाट
