रिंगिट लामो समयपछि २४ रुपैंया पुग्यो, रियालभन्दा दिरामको मूल्य बढी

काठमाडौं, भदौ २१-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २७ रुपैंयाँ ७६ पैसा र विक्रि दर २७ रुपैंयाँ ९३ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४४ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ २ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ १६ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि बल्ल रिंगिटले २४ रुपैंयाँ छोएको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।

कुवेती दिनारको खरिददर ३३९ रुपैंया ९ पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ ८ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ ३३ पैसा छ भनें विक्रि दर २७२ रुपैंयाँ ९२ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस्  

अप्ठ्यारोमा परेर घर फर्किनु परेमा सरकारले हवाई टिकट दिने, वकिलका लागि पनि सहयोग गरिने (सुचना)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय