दुवई, भदौ १९-
युएई स्थीत नेपाली दूतावासले युएईमा विभिन्न समयमा भिजिट भिषा लगायतमा नेपालीलाई ल्याएर अलपत्र पार्ने ‘मानव तस्कर’हरुको सूची सार्वजनिक गरेको छ । दूतावासले प्रेस विज्ञप्ती मार्फत सो सूची सार्वजनिक गरेको हो । सो सूचीमा त्यस्ता व्यक्तिहरुको नाम, ठेगाना, कम्पनीको ठेगाना तथा टेलिफोन नम्वर समेत उल्लेख छ । उनीहरुको पहिचान पीडितले दिएको निवेदन तथा अन्य श्रोतहरुबाट गरिएको दूतावासले जनाएको छ ।
यसैबीच मानव तस्करको प्रलोभनमा परेर विभिन्न समयमा भिजिट भिषामा युएई आएका तथा विभिन्न समस्यामा परेर दूतावासको आश्रयस्थलमा आएका गरी ७१ जनालाई युएईस्थीत नेपाली दूतावासले स्वदेश फिर्ता पठाएको छ । यो संख्या गत साउनयता स्वदेश पठाइएका नेपालीहरुको हो ।
हेर्नुहोस् दूतावासले प्रकाशित गरेको सूची



