कहिले पुग्ला रिंगिटको भाउ पहिले जस्तै, यस्तो छ आज रियाल, दिराम, रिंगिट र दिनारको दररेट

काठमाडौं, भदौ १८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ५ पैसा र विक्रि दर २८ रुपैंयाँ २१ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८१ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९७ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४० पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९२ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ६ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।

कुवेती दिनारको खरिददर ३३८ रुपैंया ६० पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ५९ पैसा छ । बहराइन दिनारको खरिददर २७० रुपैंयाँ ८६ पैसा छ भनें विक्रि दर २७२ रुपैंयाँ ४५ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस्  

फलानाकी श्रीमति त विग्रिईछे !

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय