दुबईका नेपालीले जलविद्युतमा १० करोड लगानी गर्ने

मोहन बस्याल, युएई, भदौ १७-

बैदेशिक रोजगारीका लागि युएई आएका नेपालीले नेपालमा जलविद्युत उत्पादनका लागि १० करोड लगानी गर्ने भएका छन् । नेपालमा विभिन्न योजनामा लगानी गर्नका लागि ओभरसिज नेप्लिज ईन्भेष्टमेन्ट कम्पनी लिमिटेड स्थापना गरि सकेका युवाहरुले सोही कम्पनी मार्फत लगानी गर्न लागेका हुन् ।

गोरक्ष हाईड्रोपावर प्राईभेट लिमिटेड मार्फत धादिंगको उत्तरी भेगमा निर्माण हुन लागेका सुपर आँखुखोला जलविद्युत आयोजनामा १० करोड लगानी गर्न लागिएको हो । २५.४ मेगावाटको सो आयोजना एक अर्ब ३७ करोडको लगानीमा बन्न लागेको हो । मुलुकको आर्थिक सम्बृद्धिका लागि उर्जामा आत्मनिर्भरता आवश्यक भएकाले उर्जा उत्पादनमा लगानी गर्न लागिएको नेप्लिज ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक लिलानाथ (श्याम) कंडेलले जानकारी दिए ।

प्रथम साधारण सभा युएईमा

ओभरसिज नेप्लिज ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडको पहिलो साधारण सभा युएईमा सम्पन्न भएको छ । साधारण सभाले एलपि सावा लिम्बुको अध्यक्षतामा दुई बर्षका लागि नयाँ सञ्चालक समिति समेत गठन गरेको छ । बोर्डको प्रवन्ध निर्देशकका लिलानाथ (श्याम) कंडेल, अर्थ निर्देशकमा नारायण अधिकारीलाई चयन गरेको छ । यस्तै जनसम्पर्क निर्देशकमा टक बहादुर गुरुङ, वीरेन्द्र नकर्मी, भेषराज ढकाल, भीम बहादुर श्रेष्ठ चयन भएका छन् ।

अब सम्बृद्धि नै एक मात्र एजेण्डा: पूर्व अर्थमन्त्री पाण्डे

पूर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले अव नेपालका सबै राजनितिक दलको एक मात्र एजेण्डा आर्थिक सम्बृद्धि भएकाले नेपालको विकासले अब गति लिने बताएका छन् । नेपालमा लगानी गर्न चाहने युवाहरुसंग युएईको सारजहामा भएको अन्र्तकृयामा पाण्डेले बैदेशिक रोजगारीका लागि गएका नेपालीबाट पनि नेपालमा ठुलो लगानी हुने सम्भावना रहेको बताए । २०५१ पछि मात्र बिभिन्न मुलुकबाट ४० खर्ब रुपैया विप्रेषण भित्रिएको तथ्यांक प्रस्तुत गर्दैै पाण्डेले प्रवासमा रहेका नेपालीको आर्थिक लगानी मात्र होईन सीप, अनुभव र योजना समेत मुलुकको सम्बृद्धिका लागि आवश्यक रहेको बताए ।

यो पनि पढ्नुहोस 

आमा भन्छिन्ः विदेश गएको छोरो ज्यूँदै छ की खवर पाए हुन्थ्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय