यस्तो छ आज रियाल, दिराम, रिंगिट र दिनारको दररेट

काठमाडौं, भदौ १६-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २८ रुपैंयाँ र विक्रि दर २८ रुपैंयाँ १६ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ७६ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९२ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया १८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ३४ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ८७ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ १ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।

कुवेती दिनारको खरिददर ३३७ रुपैंया ९१ पैसा छ भनें विक्रि दर ३३९ रुपैंयाँ ९० पैसा छ । बहराइन दिनारको खरिददर २७० रुपैंयाँ ३१ पैसा छ भनें विक्रि दर २७१ रुपैंयाँ ९० पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस्  

घरबाट नागरिकता मगाएपछि हराएको छोरो खोजिदिन आमाको आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय