घरमा पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको दररेट

काठमाडौं, भदौ ७-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ९ पैसा र विक्रि दर २८ रुपैंयाँ २५ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४३ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ८९ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ३ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ । 

कुवेती दिनारको खरिददर ३३८ रुपैंया ७२ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ७१ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ १० पैसा छ भनें विक्रि दर २७२ रुपैंयाँ ६९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस्  

कस्तो अवस्थामा ‘स्पोन्सर’ परिवर्तन गर्न पाईन्छ ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय