कति छ रियाल, दिराम, रिंगिट र दिनारको मूल्य ? 

काठमाडौं, भदौ ५-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २७ रुपैंयाँ ८८ पैसा र विक्रि दर २८ रुपैंयाँ ५ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४५ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ८६ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ छ । कुनै समयमा ३० रुपैंयाँ भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।

कुवेती दिनारको खरिददर ३३९ रुपैंया छ भनें विक्रि दर ३४० रुपैंयाँ ९९ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ २८ पैसा छ भनें विक्रि दर २७२ रुपैंयाँ ८७ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस्  

बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट सहयोग लिन कुन-कुन कागजात आवश्यक पर्छ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय