काठमाडौं, साउन ३०-
पेशागत महासंघ नेपालले हालै संसदबाट पारीत श्रम विधेयक अपूर्ण रहेको भन्दै त्यसले श्रमिकको अधिकार कुण्ठित गर्ने बताएको छ । महासंघको साउन २८ र २९ गते बसेको राष्ट्रिय समितिको चौथो पूर्ण वैठकले यस्तो प्रस्ताव पारीत गरेको हो ।
महासंघका महासचिव विष्णु लामिछानेद्धारा जारी प्रेस विज्ञप्तीमा हालै पारित श्रम ऐनमा, श्रमिक कर्मचारीको सेवा सुरक्षा नहुने गरी लागु गरिएको श्रमिक शब्दको संकुचित परिभाषा सच्याउन आग्रह गरिएको छ । यसैगरी नो वर्क नो पे, हायर एण्ड फायर, आउट सोर्सिङ जस्ता प्रावधानलाई हटाई श्रमिक मैत्री बनाउन र टे«ड युनियनहरुको सुव्यवस्थित ढंगले सञ्चालन गर्ने गरी शीघ्र टे«ड युनियन ऐनमा सुधार गर्न माग गरिएको छ ।
यसैगरी बैठकलेसंविधान संशोधनका क्रममा श्रमिक वर्गको संघ र प्रदेशको संसदमा श्रमिक वर्गको १०% प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग गरेको छ । संवैधानिक अंगको रुपमा राष्ट्रिय श्रम आयोग, राष्ट्रिय शिक्षा आयोग र राष्ट्रिय शिक्षक सेवा आयोगको गठन गर्न र वैधानिक तवरले हडताल गर्न पाउने श्रम सम्बन्धी हकको सुनिश्चित गर्न पनि महासंघले माग गरेको छ ।
सरकारी निकायमा रहेका जिम्मेवार पदाधिकारीहरुबाट स्थानीय तहमा कर्मचारीहरुलाई टे«ड युनियन अधिकारबाट वञ्चित गर्ने जस्ता अभिव्यक्ति आइरहेको भन्दै महासंघलेसम्पूर्ण श्रमिकहरुलाई संविधानतः प्राप्त टे«ड युनियन अधिकारको सुनिश्चितताको लागि खवरदारी गरिएको छ ।
यो पनि पढ्नुहोस्
श्रम विधेयक संसदबाट पारीत, श्रमिकलाई धेरै सुविधा
