६० प्रतिशत ‘सेटिङ’ त्रिभुवन विमानस्थलबाट

 

काठमाडौं, साउन २५-

खाडी मुलुकमा काम गर्न जाने घरेलु कामदारमध्ये ६० प्रतिशतकोसेटिङत्रिभुवन विमानस्थलबाट हुने गरेको तथ्य संसद्कोअन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मंगलबार सार्वजनिक गरेको समितिद्वारा चार महिनाअघि गठितखाडी मुलुकको स्थलगत अनुगमन निरीक्षण उपसमितिले आफ्नो प्रतिवेदनमा यस्तो उल्लेख गरेको हो

बाँकी ४० प्रतिशत भारतका विभिन्न सहर, श्रीलंका, चीन अन्य अफ्रिकी मुलुक हुँदै खाडी मुलुक पुर्याएर बेच्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको वैदेशिक रोजगारमा सबैभन्दा बढी जोखिममा घरेलु कामदार पर्दै आएका छन् उपसमितिले मंगलबार संसद् सचिवालयमा मूल समितिलाई २८ पेजको प्रतिवेदन हस्तान्तरण गर्दै सेटिङमा कर्मचारी नै संलग्न हुने गरेको ठहर गरेको

खाडी मुलुकमा अवैध ढंगले पुर्याइएका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थलबाट भिजिट भिसा वा सेटिङमा पुर्याइएको पाइएकाले यस्तो अवैध धन्दामा विमानस्थलमा कार्यरत अध्यागमन कर्मचारी, सुरक्षाकर्मी, वायुसेवा कम्पनीका कर्मचारी बिचौलियाको प्रत्यक्ष संलग्नता ,’ प्रतिवेदनमा उल्लेख

अध्ययन समितिले खाडीमा घरेलु कामदारको अवस्था अत्यन्त दर्दनाक भएको भन्दै उच्च राजनीतिक तह तथा नेपाल सरकारका सम्बन्धित निकायको दृढ इच्छा शक्तिबिना नेपालबाट खाडी मुलुकमा भइरहेको भयावह मानव तस्करी बेचबिखन रोक्न सम्भव नभएको निष्कर्ष निकालेको खाडी मुलुकसँग दुईपक्षीय श्रम सम्झौता नगरी घरेलु कामदार पठाउन नहुनेमा प्रतिवेदनले जोड दिएको दुईपक्षीय श्रम सम्झौता गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय श्रम तथा रोजगार मन्त्रालयको क्रियाशीलता जरुरी , जुन कुरा आजसम्म भएको देखिएको छैन,’ प्रतिवेदनले भनेको

श्रम समितिका तत्कालीन सभापति प्रभु साह (हाल सहरी विकासमन्त्री) को नेतृत्वमा सदस्यीय टोलीले चैत देखि १४ सम्म १० दिन साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार कुवेतको भ्रमण गरेको थियो टोलीमा सांसदहरू अशोककुमार मण्डल, प्रेमकिशोर साह तेली, विनोद श्रेष्ठ, राधादेवी तिमिल्सना, राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट), ललिताकुमारी रेग्मी उपसचिव झलक शर्मा सापकोटा थिए

समिति सदस्य सांसद विनोद श्रेष्ठले प्रतिवेदन पेस गर्दै नेपालका म्यानपवार कम्पनीलाई कडा नियमन, द्विपक्षीय श्रम सम्झौताबिना जुनसुकै काम तलबमा सस्तो श्रम निर्यात गरेसम्म वैदेशिक रोजगारका विकृति विसंगति न्यूनीकरण नहुने बताएका छन्

नेपालमा हालसम्म रोजगारका लागि खुला गरेका सय १० देशमध्ये कतारसँग बाहेक अरूसँग द्विपक्षीय श्रम सम्झौता (बीएलए) गरेको छैन नेपालले समझदारीपत्र (एमओयू) मा बहराइन, यूएई, कोरिया (ईपीएस), जापान (प्रशिक्षार्थी कामदार)  इजरायल (केयर गिभर) सँग हस्ताक्षर भएको घरेलु कामदारका विषयमा द्विपक्षीय सम्झौता भएको छैन बाध्यकारी हुने, प्राविधिक समितिको बैठक नियमित हुने, समीक्षा हुने कारणले एमओयूभन्दा बीएलए प्रभावकारी मानिन्छ कान्तिपुरबाट 

तस्वीर साँकेतिक रुपमा प्रयोग गरिएको हो । 

यो पनि पढ्नुहोस् 

साउदीमा आजिवन जेल परेका श्रीमान् टुप्लुक्क घरमा आइपुग्दा……………….

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय