मलेसिया आउने भन्दा घर फर्कने नेपाली धेरै

 

सुदीप निउरे,क्वालालम्पुर– 

बैदेशिक रोजगारीका लागि मलेसिया आउने भन्दा घर फर्कने नेपालीहरु धेरै हुन थालेका छन् । मलेसिया सरकारले सार्बजनिक गरेको एक तथ्यांक अनुसार बिगत १८ महिनामा ७८ हजार १० जना नेपाली कामदारले मलेसिया छोडेको देखिएको छ । मलेसिया सरकारले फर्किएका बैधानिक कामदारको मात्र तथ्यांक सार्बजनिक गरेको हो । सार्बजनिक गरिएको तथ्यांकमा अबैधानिक कामदारहरुको तथ्यांक भने जोडीएको छैन । मलेसियास्थित नेपाली दूतावासका अनुसार दैनिक ५० जना भन्दा बढीले नेपाल फर्कनका लागि यात्रा अनुमति पत्र लिने गरेका छन ।

यात्रा अनुमति पत्र करार अबधि बाँकी रहेका बैधानिक कामदार तथा करार अबधि भैकन पनि तोकिएको कम्पनि छोडेर अबैधानिक बनेका दुबै थरि कामदारले लिने गरेका छन् । मलेसियामा शनिवार र आईतबार सरकारी बिदा हुने हुनाले सोमबार र मंगलबार ५० जना देखि झण्डै एकसय ५० जनासम्म नेपाली कामदारले घर फर्किनको लागि कागजात तयार पार्न आउने गरेको यहांस्थित नेपाली राजदुत डाक्टर निरंजनमान सिंह बस्न्यात बताउंछन ।

घर फर्किन चर्को मूल्य

मलेसियाबाट घर फर्किने नेपालीहरु अहिले पनि चर्को मुल्य तिरेर घर फर्किने गरेका छन् । मलेसियाका बिभिन्न ठाउंबाट लुकिछिपी क्वावालम्पुरका बिभिन्न होटलमा आईपुग्ने गरेका नेपालीहरुले २ हजार रिंगेट देखि झण्डै ३ हजार रिंगेटसम्म तिरेर घर फर्किने गर्दछन् ।

८ सय २३ लाई नेपाल फर्काइयो

झण्डै २ बर्षको अन्तरालमा मलेसियामा अलपत्र ८ सय २३ जनालाई नेपाल फर्काईएको छ । बिभिन्न कारणले जेल परि घरफिर्ती केन्द्रमा स्थानान्तरण गरिएकाहरुलाई यहांस्थित नेपाली दूतावासले एकतर्फि हवाई टिकट उपलब्ध गराएर नेपाल फर्काएको हो ।

मलेसियामा घटे आप्रवासी कामदार

डेढबर्ष अघि झन्डै २१ लाख ३५ हजार बैधानिक बिदेशी कामदार रहेको मलेसियामा अहिले १७ लाख ८१ हजार ५ सय ९८ जना जना बिदेशी कामदार मात्र बैधानिक हैसियत रहेको देखिन्छ । बिगत १८ महिनाको अन्तरमा ३ लाख ५३ हजार ४ सय २ जनाले मलेसिया छाडेको देखिन्छ । जसमध्ये ७८ हजार १० जना नेपाली कामदार पनि मलेसिया छोड्नेमा परेका हुन् ।

बिगत १८ महिनाको यस अबधिमा नेपाली कामदार मात्र होईन रोजगारीको लागि मलेसिया आउने सबै मुलुकका कामदारहरुको ठुलो संख्या आ-आफ्नो मुलुक फर्केको तथ्यांकले देखाउंछ ।

भर्खरै सार्बजनिक गरिएको एक रिपोर्ट अनुसार बिगत १८ महिनामा ईण्डोनेसियन ९० हजार ९ सय ३ जना, बंगलादेशी ५० हजार ९ सय ४७ जना, म्यानमारबाट आएका १५ हजार ९ सय १८ जना र भारतीय कामदार २१ हजार ४ सय ६६ जनाले मलेसिया छाडेका छन । 

अघिल्लो कुल संख्यामा ब्यापक मात्रामा कमि आएको भएपनि स्वदेश फर्केको अनुमान गरिएकाहरु, स्वदेश नफर्किकन मलेसियामा नै अबैधानिक हैसियतमा बसेको पनि हुन सक्ने आँकलन गरिएको छ ।

सन २०१६ को जनवरी र सन् २०१७ को जुन महिनाको मलेसियामा रहेका बैधानिक कामदारको तथ्यांक यस्तो छ :

               सन् २०१६ जनवरी                                सन् २०१७ जुन

ईण्डोनेसियन् : ८ लाख १९ हजार ७ सय ७३ जना                                 ७ लाख २८ हजार ८ सय ७० जना  

नेपाल :       ४ लाख ८३ हजार ९ सय ८ जना                                    ४ लाख ५ हजार ८ सय ९८ जना

बंगलादेशी:   २ लाख ७२ हजार ३६ जना                                          २ लाख २१ हजार ८९ जना

म्यानमार:   १ लाख ४३ हजार ६ सय २३ जना                                    १ लाख २७ हजार ७ सय ५ जना

भारतीय:    १ लाख ३५ हजार ९ सय २१ जना                                    १ लाख १४ हजार ४ सय ५५ जना

मलेसियाबाट बिदेशी कामदार पलायन हुनुको पछाडी मलेसियाको कमजोर सुरक्षा ब्यवस्था र रिंगेटको भाउमा आएको लगातारको गिरावटनै प्रमुख देखिन्छ । मलेसियाले सन २०२० सम्ममा १७ प्रतिशत बिदेशी कामदारको परनिर्भरता कटौती गर्दै १५ प्रतिशतमा झार्ने योजनामा पनि लागू गरेका छ । यद्यपी बिदेशी कामदारले गर्दै आईरहेका जटिल कामहरु गर्न यहांका स्थानिय कामदारहरुले रुचि नदिएको पाइएको छ । 

यो पनि पढ्नुहोस्

घट्यो रियाल, दिराम, रिंगिट र दिनारको मूल्य

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय