युएईमा पहिलो नेपाली सामाजिक संस्था दर्ता, आधिकारिक रुपमा कार्यक्रम गर्ने बाटो खुल्यो

 

दुवई, साउन ३-

युएईमा पहिलो नेपाली सोसल क्लव –सामाजिक संस्था_ दर्ता भएको छ । पहिलो सोसल क्लवका रुपमा हामी नेपाली एसोशिएसन दर्ता भएको हो ।

क्लवलाई युएईको सरकारी निकायले मंगलवार अनुमति दिएको छ । जुलाई १८ मा दर्ता प्रमाणपत्र दिइएको क्लव सन् २०१९ जुलाईसम्मका लागि दर्ता भएको हो । युएईमा कार्यरत गायक सुमन उदयले संस्था दर्ता भएको जानकारी गराएका हुन् । उनी दिनेश आचार्यको समुहका सदस्य हुन् । सो संस्था आचार्यको नाममा दर्ता भएको छ । 

अनुमतिपत्रमा सो क्लवले सामाजिक, साँस्कृतिक, परोपकारी कामका साथै मनोरञ्जनात्मक र खेलकुदका कार्यक्रम आयोजना गर्न पाउने उल्लेख छ ।

यसअघि युएईको सरकारले दर्ताविना कुनै पनि गतिविधि गरेको पाइएमा कडा कारवाही गर्ने भन्दै सामाजिक संघसंस्थालाई चेतावनी दिएको थियो । सरकारको सो चेतावनी पछि केहि नेपाली संघसंस्थाले सामाजिक क्लवका रुपमा संस्था दर्ता गर्ने बताउँदै आएका थिए । सोही क्रममा दिनेश आचार्य नेतृत्वको हामी नेपाली एसोशिएसन कानूनी रुपमा दर्ता भएको हो । यसअघि नेपाली समाज, युएई, आदिवासी जनजाति महासंघ लगायतका संस्थाले सोसल क्लवका रुपमा दर्ता हुन प्रकृया अघि बढाउने बताएका थिए ।  

यो पनि पढ्नुहोस्

यसकारण जान पाए उनीहरु फ्रिभिषा, फ्रिटिकटमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय