साप्ताहिक विदाको दिन पनि दूतावास खुल्ने

काठमाडौं, साउन २-

दक्षिण कोरियास्थित नेपाली राजदूतावास साप्ताहिक विदा अर्थात आइतबार पनि खुल्ला हुने भएको छ। आइतबार दूतावासमा एक कार्यक्रमकाबीच नवनियुक्त राजदूत अर्जुन जंगबहादुर सिंहले अवदेखि आइतबार पनि दुतावास खुल्ला हुने जानकारी गराएका हुन् । कोरियाको सरकारी नियम अनुसार दुतावास लगायत सरकारी कार्यलय शनिवार र आइतबार बन्द हुने गरेका छन्।

यद्यपी नवनियुक्त राजदूत सिंहले नेपालीको समस्या र मागलाई ध्यान राख्दै आइतबार देखि बिहिवार सम्म दुतावास खोल्ने निर्णय गरेका हुन् । राजदूत भएर कोरिया आएको एक महिना पाँच दिन पछि आइतबार पनि दुतावास खोल्ने सिंहको निर्णयको यहाँका नेपालीले स्वागत गर्नुका साथै प्रशंसायोग्य भएको बताएका छन्।

आइतबार दुतावास बन्द हुदाँ हजारौ नेपालीले पासपोर्ट रिन्यू, ड्राइभिङ लाइसेन्स लगायत विभिन्न कागजात बनाउन कम्पनीबाट विदा लिएर अन्य दिन जानुपर्ने बाध्यात्मक अवश्था थियो। विदाको दिन बाहेक अन्य दिन बिदा लिदाँ कम्पनीले उनीहरुको तलब कटौति गर्ने गर्दथ्यो। तर आइतबार दुतावास खुल्ला हुने पछि यहाँ कार्यरत इपिएस कामदार, विद्यार्थी, व्यावसायीलगायत सवै नेपाली लाभान्वित हुने भएका छन्।

आइतबार दुतावासमा आयोजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा आइतबार दुतावास खोल्ने घोषणा सँगै त्यहाँ सहभागीले उठाएका सवालको जवाफ पनि राजदूत सिंहले दिए । सहभागीले दुतावास मिडियामैत्री नभएको, बढ्दो नेपालीको आत्महत्या, डिप्रेसन रोक्न दुतावासले पहल गर्नुपर्ने सुझाव दिएका थिए। त्यस्तै सुतेको अवस्थामा निधन हुने घटना, भिषा सकेर स्वदेश फिर्ता हुन लागेकालाई उचित तालिम, नेपालमा लगानीको वातावरण बनाउन, यहाँ लगानी खोज्न आउनेलाई दुतावासको दायरामा ल्याएर लगानीकोकर्ताको लगानी सुरक्षा र सुनिश्चितता गर्नुका साथै हुण्डी कारोबार रोक्नुपर्ने लगायतका माग उठाएका थिए।

सिंहले उठेका सवालको जवाफ दिदै बढ्दो मृत्यु, आत्महत्या, सुतेको अवस्था हुने मृत्युको कारण खोज्न नेपालबाट विज्ञ टोली झिकाउन नेपाल सरकारलाई आग्रह गरे । हुण्डी कारोबार रोक्न आवश्यक कदम चालिने उनको भनाई थियो। लगानीको सुनिश्चितता र सुरक्षाका लागि पनि दुतावासले पहल गर्ने पनि उनले स्पष्ट पारे । यसैगरी मिडियासँग पनि सहकार्य गरेर प्रत्येक महिना कोरियाका विभिन्न ठाउँमा सचेतनात्मक कार्यक्रम गर्ने पनि जनकारी दिए । अन्नपूर्ण पोष्टबाट 

यो पनि पढ्नुहोस् 

बैदेशिक रोजगारमा भलाई कोष स्थापना हुँदै, विदेशमा सहयोग गर्न व्यवसायीले आफ्नै प्रतिनिधि राख्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय