कतारलाई माग पुरा गर्न ४८ घन्टाको समय, कतारद्धारा कुनै माग पुरा नगरिने जानकारी

 

दोहा, असार १९-

साउदी अरेवियाको नेतृत्वमा सुरु भएको कतार विरुद्धको नाकावन्दी अझ चर्किने संकेत देखिएको छ । यसअघि १० दिनभित्र माग पुरा गर्न दिएको समयावधि भित्र पनि कतारले कुनै माग पुरा नगरेपछि ति देशले माग पुरा गर्न पुनः दुई दिनको समय थपेका हुन् ।

मध्यस्थताको प्रयास गरिरहेको कुवेतको आग्रहमा दुई दिनको समय थपिएको ति देशले बताएका छन् । साउदी अरेविया, युएई, बहराईन तथा ईजिप्टले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा ४८ घण्टाको समय थपिएको बताएका हुन् ।

४८ घण्टाभित्र पनि कतारले यसअघि दिइएका १३ सुत्रिय मागका बारेमा जवाफ नदिए थप आक्रामक रुपमा प्रस्तुत हुने ति देशले चेतावनी दिएका छन् । तर ति देशको नयाँ कदम के हुने भन्ने प्रष्ट छैन ।

यसैबीच कतारले साउदी अरेविया लगायतका मुलुकका कुनै पनि माग पुरा गर्न नसकिने जनाएको छ । कतारका विदेश मन्त्री शेख मोहम्मद बीन अव्दुल्लाहरहमान अल थानीले आइतवार यस्तो बताएका हुन् । ईजिप्टको रोममा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । गार्जियनका अनुसार कतारले नाकावन्दी अन्त्यका लागि ति मुलुकले अघि सारेका कुनैै पनि माग पुरा नहुने उनले बताएका हुन् ।

यो पनि पढ्नुहोस्

आमा भन्छिन्ः विदेश गएको छोरो ज्यूँदै छ की खवर पाए हुन्थ्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय