‘कम्पनीले भन्छ, घर जाने भए २० हजार रियाल तिर’

 

चन्दनकुमार यादव, राजविराज, बैशाख २९- 

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका सप्तरीको कुशहा–८ का युवा सुरज राम अलपत्र परेका छन् । म्यानपावर कम्पनी तथा एजेन्टको लापर्वाहीका कारण राम साउदी अरबमा अलपत्र परेका हुन् । काठमाडौ स्थित अल अयुनी ओभरसिज मार्फत उनी गत फेब्रुअरी ८ मा साउदी पुगेका थिए । क्लिनरको काम दिने शर्तमा ८० हजार रुपैयाँ तिरेर साउदी पुगेका उनलाई ह्युम पाइप जडान गर्ने काममा लगाइएको छ । उनलाई खुल्ला ठाउँमा निर्माण श्रमिकको रुपमा काम गर्न बाध्य बनाइएको परिवारका सदस्यले बताएका छन् ।  

कठिन शारिरीक परिश्रमको काम गर्न नसकेका २२ वर्षिय सुरजलाई छाती दुख्न थाल्यो । विरामी परेपछि चर्को घाममा सो काम गर्न उनी असमर्थ भए । त्यसपछि कम्पनीले उनलाई बाहिर निकालेर घरमा सुत्नसम्म नदिएको उनले टेलिफोनमा बताएका छन् । 

कम्पनीले मलाई जुनसुकै हालतमा पनि काम गर्नै पर्ने भनेर दवाब दिइरहेको छ उनले फोनमा भने सो काम गर्न म सक्दिन भनेपछि विभिन्न खालको धम्की दिइरहेको छ । आफूलाई २० हजार रियाल तिरेर घर जानु भनी कम्पनीले काम गर्न दवाव दिने गरेको उनले बताएका छन् । 

आफूलाई समस्यामा परेको भनी एजेन्टहरु प्रथमलाल मण्डल र मनोज मण्डल तथा म्यानपावर कम्पनीका सञ्जय चौधरीलाई भन्दा वास्ता नगरेको उनले दुःखेसो पोखे । ‘कुरा गर्दैछु’, ‘चाँडै काम अर्को  दिन्छ’ आज–भोली भन्दाभन्दै हालसम्म कुनै पहल नभएको उनको भनाई छ । 

‘साउदी जानु अघि एजेन्टलाई मलाई क्लिनरको काम भनेको थियो तर यहाँ त चर्को घाममा बेल्चा चलाउनुपर्ने काममा खटायो’ सुरजले भने ‘म समस्यामा परेको छु, कि त म्यानपावर कम्पनीले प्रतिवद्धता गरेको काममा खटाईदिनुपर्यो कि घर फिर्ता गरिदिनुपर्यो ।’ ऋण काढेर वैदेशिक रोजगारीमा आएको बताउँदै उनले आफू ठगीमा परेकोले राम्रो पैसा कमाउने सपना चकनाचुर भएको बताए ।

यता उक्त विषयमा एजेन्ट प्रथमलाल मण्डलसँग बुझ्दा आफूहरु मार्फत नै सुरज साउदी गएको तथा अर्कै काममा खटाईदिएको बताए । आफूले म्यानपावर कम्पनी मार्फत पहल गरिरहेको जानकारी दिँदै उनले भने ‘कम्पनीले खटाएको काममा सुरज जान मान्दैन, काममा गएपछि त काम फेरिंदैन नी ।’ यद्यपी उनलाई साउदीमै काम परिवर्तन गर्ने वा नेपाल फर्काउने भन्ने विषयमा आफूहरु गम्भीर रुपमा लागिपरेको प्रतिक्रिया दिएका छन् ।

यो पनि पढ्नुहोस् 

आमाको आँशु, परदेशमा छोरो हराएपछि (भिडियो)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय