छोरो कमाउन विदेशमा, बुहारी ससुराको यौन शोषणमा

 

महोत्तरी, पुष १६- छोरो रोजगारीको लागि पञ्जाब गएको समयमा आफ्नै बुहारीलाई यौन शोषण गर्दै आएका ससुरालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ । एकडारा बेलाका ४८ बर्षीय ससुराले २१ बर्षीय बुहारीलाई एक महिनादेखि यौन शोषण गर्दै आएको आरोपमा उनलाई पक्राउ गरिएको एसपी नलप्रसाद उपाध्यायले जानकारी दिए ।

‘पीडिता बुहारीले दिएको उजुरीको आधारमा उनका ससुरा पक्राउ परेका हुन्,’ एसपी उपाध्यायले भने, ‘आफ्ना ससुराले एक महिनादेखि यौन शोषण गरेको र पुस ४ गते राति १० बजेको समयमा जबर्जस्ती करणी गरेको ती महिलाले हामी कहाँ उजुरी दर्ता गराइन् ।’

पीडित महिलाका श्रीमान् ६ बर्षदेखि रोगारीको क्रममा भारतको पञ्जाबमा छन् । पक्राउ परेका पीडकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

अन्नपूर्ण पोष्टबाट 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPutHQbjqLU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय