काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्तिलाई वैदेशिक रोजगार विभागले ३५ दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ । विभागको प्रशासन तथा योजना शाखाले एक विज्ञप्ती जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई विभिन्न मितिमा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू हालसम्म विभाग वा नेपाल प्रहरीको सम्पर्कमा नआएकाले यस्तो सूचित गरिएको जनाएको छ ।

विभागले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सम्बन्धित व्यक्तिहरूलाई अनुरोध गरेको छ । तोकिएको समयभित्र सम्पर्कमा नआएमा वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

त्यसैगरी, पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्तिहरूको बैंकिङ कारोबार भइरहेको खाता तथा यात्रा अनुमति रोक्का राख्नेलगायत आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने व्यहोरा पनि सूचनामार्फत जानकारी गराइएको छ । विभागले सम्बन्धित सबैलाई सूचनाको जानकारी गराउँदै तोकिएको समयभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय