काठमाडौं । आकर्षक तलव प्राप्त हुने रोजगारीमा विदेश पठाइदिने प्रलोभनमा पारेर रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुले विभिन्न व्यक्तिलाई विदेश पठाउने नाममा लाखौं रकम असुलेको उजुरी प्रहरीमा परेको छ ।

प्रहरीका अनुसार बागलुङको काठेखोला गाउँपालिका–३ का २२ वर्षीय सन्दीप थापा मगर, काठमाडौँ महानगरपालिका–३ का ४३ वर्षीय निरबहादुर कार्की, सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ का ३९ वर्षीय विजयकुमार यादव, काठमाडौँ चन्द्रागिरी नगरपालिका–५ का चिरन्जिवी अधिकारी र रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ का ३० वर्षीय प्रवेश गुरूङ पक्राउ परेका छन् ।

उनीहरुले माल्टा, क्रोएसिया, क्यानडा र मकाउ पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ५० लाखभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय