काठमाडौं । इरानी क्षेप्यास्त्र निस्तेज (इन्टरसेप्सन) पार्ने क्रममा खसेको टुक्राका कारण यूएईमा सात जना नेपाली घाइते भएका छन् । त्यसमध्ये ६ जना सामान्य घाइते र अर्का एक नेपाली गम्भीर घाइते भएका छन्।

गल्फ न्युजका अनुसार आबुधाबीको अजबान क्षेत्रमा यो घटना भएको हो। यूएईको वायुसेनाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र र ड्रोन निस्तेज पार्नेक्रममा त्यसका टुक्राहरु उनीहरु भएको ठाउँमा खस्दा यो घटना हुनपुगेको हो।

अबुधाबी मिडिया अफिसले जनाएअनुसार ७ नेपाली र ५ भारतीय घाइते छन्। जसमा एक नेपाली गम्भीर घाइते छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय