काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा विदेशमा रोजगारी गर्ने नेपालीले १० खर्ब ६२ अर्ब ९३ करोड रकम नेपाल पठाएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ३९.१ प्रतिशत धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो ।
२०८२ पुस महिनामा विप्रेषण आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड रहेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रहेको थियो।
