काठमाडौं । व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको क्षेत्रमा आफ्नो प्रतिष्ठानमा उत्कृष्ट व्यवस्था गरेको भन्दै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले ७ वटा प्रतिष्ठानहरुलाई सम्मान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र सचिव डा. कृष्णहरि पुष्करले उनीहरुलाई सम्मान गरे ।
श्रम मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा बुट्टारी टि प्रोसेसिङ प्राली (कोसी प्रदेश), डावर नेपाल प्राली (मधेस प्देश), बरुण वेभरेज नेपाल प्राली (बागमती प्रदेश), गोर्खा ब्रुअरी प्राली (गण्डकी प्रदेश), विजय डिष्टिलरी प्राली (लुम्बिनी प्रदेश)ं, शुभ होटल (कर्णाली प्रदेश) र महाकाली सुगरमिल्स प्राली (सुदुरपश्चिम प्रदेश) लाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
सो अवसमा बोल्दै श्रम मन्त्री भण्डारीले श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको विषय श्रम मन्त्रालयको प्राथमिकतामा रहेको बताए । उनले मन्त्रालयले हालै व्यवसायजन्य रोगको सूचि जारी गरेको भन्दै आगामी दिनमा हरेक प्रतिष्ठानहरुले यस विषयलाई प्राथमिकतामा राख्ने अपेक्षा प्रकट गरे ।
