रोजगारी सम्वन्धी विज्ञापन अव श्रम संसारमा राख्नै पर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अबदेखि रोजगारी सम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा “श्रम संसार रोजगार पोर्टल” र “श्रम संसार एप” मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ।

विभागले आज जारी गरेको सूचनामा भनिएको छ, श्रम ऐन, २०७४ को दफा २२ (३) र श्रम नियमावली, २०७४ को नियम ७ अनुसार आवश्यक विवरण खुलाइ राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था यथावत रहनेछ। तर, उक्त विज्ञापन अब श्रम संसार पोर्टलमा समेत अपलोड गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको हो।

सरकारले श्रम संसार पोर्टललाई नागरिक एपसँग समन्वय गरी सञ्चालनमा ल्याएपछि उक्त एपबाट समेत नागरिकहरूले सजिलै विज्ञापन हेर्न सक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ। श्रम मन्त्रालयले डिजिटल माध्यमबाट सुचना सम्प्रेषण गर्दा बढी व्यक्तिसम्म सहज रुपमा सुचना पुग्ने निश्कर्ष सहित पछिल्लो समयमा श्रम संसारलाई प्रवद्र्धन गर्दै आएको छ ।

विभागले सबै रोजगारदाताहरुदाई रोजगारीका लागि दक्ष श्रमिक माग गरी विज्ञापन प्रकाशन गर्दा श्रम संसार पोर्टल वा एपमा अपलोड गर्न र सम्पूर्ण विवरण समेट्न सूचित गरेको हो।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय