काठमाडौँ — चालु आर्थिक वर्षको आठ महिना ९साउनदेखि फागुन० सम्ममा रेमिट्यान्समार्फत १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ९.४ प्रतिशतको वृद्धि भएको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ ।

गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८।३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६.९ प्रतिशतले बढेर ७ अर्ब ७४ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

गएको आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४ सय ३ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३ सय ५२ र १ लाख ८२ हजार ७ सय ८३ रहेको थियो ।

यसैबीच नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीसँगै ८ महिना ९साउन–फागुन० अवधिमा ८९ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुन मसान्तसम्म ८८ अर्ब ९८ करोड रुपैयाँ विद्यार्थीले विदेश लगेका छन् ।

यस अवधिमा मुलुकको कुल भ्रमण व्यय १ खर्ब ४८ अर्ब रुपैयाँ छ । यसमध्ये शिक्षामा ८९ अर्ब विदेशिएको हो । अघिल्लो वर्ष यो अवधिमा भ्रमण व्यय १ खर्ब २२ अर्ब ८१ करोड थियो । जसमध्ये शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड थियो ।

मुलुकले भ्रमण आयबाट भने ८ महिनामा ५६ अर्ब ७० करोड रुपैयाँ मात्र आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९।७ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष भ्रमण आय ५१ अर्ब ६९ करोड थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय