काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्न स्वीट्जरल्यान्डको जेनेभा जाने भएका छन् । उनी मंगलबार जेनेभा जाने कार्यक्रम छ ।
उनी ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा सहभागी हुनेछन् । राष्ट्रपति पौडेलले विहिवार श्रम सम्मेलनअन्तर्गत हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जेठ ३० मा स्वीट्जरल्यान्डका राष्ट्रपति भायोला एमहेर्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यसैगरी सम्मेलनमा सहभागि हुन श्रम मन्त्री डोलप्रसाद अर्याल पनि जेनेभा प्रस्थान गरेका छन् ।
