व्यक्तिगत श्रम स्वीकृति र पुन: स्वीकृतिको आवेदन अव पालिकाबाट नै

व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जानेहरुले आगामी वैशाख १ गतेदेखि आफ्नो पालिका मार्फत नै आवेदन दिन पाउने भएका छन् । व्यक्तिगत श्रम स्वीकृति र पुन: श्रमस्वीकृति लिन चाहनेहरुले स्थानीय पालिकामा रहेका रोजगार सेवा केन्द्र मार्फत नै आवेदन दिन पाउने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिलाएको हो ।

मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव डण्डुराज घिमिरेका अनुसार श्रम मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १६ गते सो निर्णय गरेका छन् । सरकारको सो निर्णयपश्चात अव देशभरीका ७ सय ५३ वटै पालिकाहरुबाट आगामी वैशाख १ गते देखि सो सेवा सुरु हुनेछ । वैशाख १ गतेभित्रमा रोजगार सेवा केन्द्रका कर्मचारीहरुको क्षमता अभिवृद्धिका कार्यक्रम गरिने घिमिरेले बताएका छन् ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दो बनाउन तथा सेवालाई सहज बनाउन सेवाग्राहीलाई नजिकको स्थानबाट नै सेवा प्रदान गर्ने उद्धेश्यले स्थानीय तहबाट नै सेवा दिन प्रयास गरिएको मन्त्रालयले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय