दुर्घटनामा एक नेपाली सहित दुईको मृत्यु, नौजना नेपाली गम्भीर घाइते

मलेसियामा बुधवार विहान भएको सवारी दुर्घटनामा परेर एक नेपाली सहित दुईजनाको मृत्यु भएको छ । नौ जना नेपाली घाइते भएका छन् । घाइते भएकाहरुको अवस्था पनि गम्भीर रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सुरक्षा गार्डको काम गर्ने ति नेपालीहरु लिएर जाँदै गरेको भ्यान दुर्घटनामा परेको थियो । दुर्घटना जोहरबाहरुमा भएको हो । सो दुर्घटना बुधवार विहान ७:४५ को आसपास भएको जनाइएको छ ।

बनर्माका अनुसार सो भ्यानका चालक तथा अर्का एक नेपालीको दुर्घटनामा ज्यान गएको हो । दुवैजनाको घटनास्थलमा नै मृत्यु भएको थियो । सो भ्यान रोड डिभाइडरमा ठोक्किएर पल्टिन पुगेको स्थानीय प्रहरीलाई उधृत गर्दै समाचारमा जनाइएको छ । घाइतेहरुलाई सुल्तान अमिन अस्पतालमा राखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय