तीनवटा बाला सहित विमानस्थलबाट एकजना पक्राउ

सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । आइतबार सर्लाहीको मलंगवा नगरपालिका ३ स्थायी घर भएका ४१  बर्षिय मोहम्मद मेराज मिकरानीलाई प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आएर कतार एयरवेजको उडानद्वारा दोहाबाट काठमाण्डौं आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई सुन जस्तो देखिने पहेलो रंगको धातुको बाला थान- ३ (तीन) अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

उनको साथमा फेला पारेको बाला बरामद गरेर आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय