आज कुन देशबाट फकाईयो, भोली कुन-कुन देशबाट फर्काईंदैछन् नेपाली ?

कोभिड-१९ का कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा भोली बुधवार विभिन्न देशबाट नेपालीहरुलाई स्वदेश फर्कार्ईदैछ । त्रिभुवन अन्तरारष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका अनुसार बुधवार साउदी अरेवियाको दमामबाट हिमालय एयरलाइन्स मार्फत तथा नेपाल एयरलाइन्सको उडान मार्फत साउदी अरेवियाको जेद्दाबाट नेपालीहरुलाई स्वदेश फकाईदैछ ।

यसैगरी हिमालय एयरलाइन्सको उडान मार्फत नै युएईको अवुधावीबाट पनि नेपाली फर्काईंदैछन् । हिमालय एयरलाइन्सले नै कुवेतबाट पनि उडान भर्ने तालिका छ । टर्किस एयरलाइन्स मार्फत पनि बुधवार नेपालीहरु फर्काईंदैछन् । नेपाल एयरलाइन्स भोली नै कुवेतका लागि उड्ने छ । नेपाल एयरलाइन्सको जहाज जापानको नारिता तथा हिमालय एयरलाइन्सको जहाज कतारको दोहाका लागि पनि उड्नेछन् ।

यसैबीच बुधवार हिमालय एयरलाइन्स मार्फत कतारको दोहाबाट १ सय ४४ जना नेपाली स्वदेश फर्किएका छन् । यसैगरी कुवेतबाट जजिरा एयर मार्फत १ सय ६० जनालाई फकाईएको छ । नेपाल एयरलाइन्स मार्फत थाईल्याण्डबाट ७८ नेपाली स्वदेश फर्किएका छन् भर्ने माल्दिभ्सबाट १ सय ४३ नेपाली स्वदेश आइपुगेका छन् । अष्ट्रेलियाको सिड्नीबाट पनि नेपाल एयरलाइन्सको उडानबाट २ सय ५८ जना नेपाली स्वदेश फर्किदैछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय