काठमाडौं । दक्षिण पूर्वी एसियाका विभिन्न देशहरूमा सञ्चालनमा रहेका स्क्याम सेन्टरहरूबाट ८६० नेपालीको उद्धार गरिएको छ । शुक्रबार आयोजित प्रेस ब्रिफिङका क्रममा परराष्ट्र मन्त्रालयले यस्तो जानकारी दिएको हो। कम्बोडियाबाट ७३३ जना, म्यानमारबाट ११३, लाओसबाट आठ र थाइल्यान्डबाट ६ नेपालीको उद्धार गरिएको मन्त्रालयले जनाएको हो।

‘कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीहरूको उद्धार तथा सचेतनाका लागि निरन्तर पहल र समन्वय जारी नै राखेका छौँ,’ परराष्ट्रका अधिकारीले भने।

मन्त्रालयका अनुसार अझै ४९ नेपाली कम्बोडियाको जेलमा छन्। उनीहरूलाई आवश्यक कानुनीलगायतका सहायताका लागि बैंककस्थित राजदूतावासबाट पहल भइरहेको बताउँदै मन्त्रालयले केही नेपालीको स्वदेश फिर्तीको प्रक्रिया पूरा भए पनि अझै नफर्किएको जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय