काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १ सय ११ जना नेपाली नागरिकलाई आममाफी दिएको छ । ईद अल–अधा २०२६ को अवसर पारेर युएई सरकारले दिएको आममाफीमा ति नेपाली परेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार यसका लागि अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष अनुरोध गरेको थियो । मन्त्रालयले विज्ञप्ती प्रकाशित गर्दै ले मंगलबार विज्ञप्ति यूएई सरकारको उक्त निर्णयप्रति आभार व्यक्त गरेको छ ।
आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरू नेपाल फर्कन सक्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपाल र यूएईबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बन्दै गएको सन्दर्भमा यो आममाफीको निर्णयलाई सद्भावको महत्त्वपूर्ण प्रतीकका रूपमा लिइएको छ ।
