काठमाडौँ । ट्रेड युनियन अधिकारको रक्षा तथा श्रमिकमैत्री बजेटको माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा खबरदारी र्‍याली गरेको छ । र्याली माइतीघरबाट सुरु भई बानेश्वरसम्म पुगेको थियो ।

र्‍यालीका सहभागिहरुले राष्टिय श्रम आयोग गठन गर, सबै प्रतिष्ठानमा अनिबार्य सिबिए निर्वाचन लागु गर, बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐन लागु गर, होटल तथा पर्यटन क्षेत्रमा १० प्रतिशत सेवा शुल्क लागस गर, सहकारी पिडितलाई न्याय देउ लगायतका नारा सहितका प्लेकार्ड बोकेका थिए ।

सरकारले ट्रेड युनियन खारेज गर्न लागेको भन्दै नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले खबरदारी र्‍याली गरेको हो । यसगरी जेठ १५ गते प्रस्तुत गरिने सरकारको बजेट श्रमिकमैत्री हुनुपर्ने उसको माग रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय