काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राहरूको विनिमयदर अनुसार कतारी रियाल ३९ रुपैंयाँ ७२ पैसा र विक्रि दर ३९ रुपैंया ८९ पैसा रहेको छ । यसैगरी युएई दिरहम एकको खरिददर ३९ रुपैंया ४२ पैसा तथा विक्रिदर ३९ रुपैंया ५८ पैसा रहेको छ । साउदी अरेवियन रियाल एकको खरिददर ३८ रुपैंया ६० पैसा र विक्रिदर ३८ रुपैंया ७६ पैसा रहेको छ ।
यसैगरि कुबेती दिनार १ को खरिदर ४७३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ९५ पैसा छ। अघिल्लो दिन कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४७६ रुपैयाँ १९ पैसा थियो । बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा छ। अघिल्लो दिन बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६४ पैसा थियो।
अमेरिकी डलरको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ।
शुक्रवार एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा छ। गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।
त्यसैगरि युरो १ को खरिददर १७० रुपैयाँ ५७ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा छ। अघिल्लो दिन युरो १ को खरिददर १७१ रुपैयाँ ३० पैसा र बिक्रीदर १७२ रुपैयाँ १ पैसा थियो। पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९७ रुपैयाँ २९ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
