काठमाडौं । सामाजिक सुरक्षा कोषमा एक खर्व भन्दा बढि योगदान रकम संकलन भएको छ । कोष सुरु गरिएको ६ बर्ष ७ महिना भित्रमा एक खर्व रकम संकलन भएको हो । यस्तो रकम औपचारिक क्षेत्रका ६ लाख ७१ हजार, वैदेशिक रोजगारीमा गएका करिव २० लाख र अनौपचारिक र स्वरोजगारमा रहेका करिव १६ सय श्रमिक वा व्यक्तिबाट संकलन भएको कोषले जनाएको छ ।

कोषले यसरी संकलन भएको रकम दावि भुक्तानी, अवकाश भुक्तानी र पेन्सन समेत गरी करिव १८ अर्व ५० करोड भुक्तानी गरिसकेको जनाएको छ । कोषमा अन्य स्रोतहरु समेत गरी हालसम्म करिव १ खर्व ३२ अर्व लगानी पोर्टोफोलियो रहेको छ । यो रकम मध्ये सुरक्षा पक्षलाई ध्यानमा राखि लगानीलाई मूद्दती निक्षेप, सरकारी ऋणपत्र, डिवेञ्चर, म्यूच्यअल फण्ड जस्ता उपकरणहरुमा लगानी गरेको जनाइएको छ । सामाजिक सुरक्षा कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार निर्माणमा लगानी हुने गरी विशेष प्रकृतिको ऋणपत्र जारी हुने नीतिगत प्रवन्धको लागि विभिन्न कोणबाट छलफल भइरहेको कोषले जनाएको छ।

कोषले योगदानकर्ताको माग बमोजिम सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ को पहिलो संशोधन गरेको छ । संशोधित प्रावधान अनुसार योगदानकर्ता सापटी लिनको लागि योगदानकर्ताले कम्तीमा ३६ महिनाको योगदान हुनु पर्ने अविधिलाई विशेष सापटीको लागि १२ महिना र धितोमा आधारित सापटीको लागि १८ महिना योगदान गरेका योगदानकर्ताले पनि सापटी सुविधा लिन सक्ने गरी संशोधन गरेको छ ।
शुरुवाती दिनमा औपचारिक क्षेत्रबाट लागु भएका योजनाहरु, अनौपचारिक क्षेत्र, वैदेशिक रोजगारीको क्षेत्र र स्वरोजगारको क्षेत्र हुदै २०८२ वैशाख १ गते देखि सरकारी कोषबाट तलवभत्ता खाने कर्मचारीहरु समेत सामाजिक सुरक्षा कोषमा आवद्ध हुनु पर्ने गरी कोषले दायरा विस्तार गरेको छ । यस अवधिसम्म ९१ स्थानीय तहहरु र ३८ सार्वजनिक निकायहरुले आफ्ना कर्मचारीहरु कोषमा आवद्ध गरिसकेका छन् ।

सेवा तथा सुविधा प्रवाहको लागि हालसम्म कोषले औषधी उपचार, स्वास्थ्य र मातृत्व सुविधामा ८ लाख दाविको लागि २ अर्व ७३ करोड भुक्तानी गरिसकेको छ । यसैगरी दुर्घटना उपचारको लागि १३ हजार दाविहरुमा र रोजगारीजन्य दुर्घटनाबाट अशक्त भएका १८ जनालाई अशक्तता वृत्ति सहित २४ करोड ३२ लाख रकम भुक्तानी गरेको छ । कोषमा योगदान गरेका मृतक योगदानकर्ताको ८ सय ९ परिवारको लागि आश्रित परिवार सुरक्षा योजना अन्तर्गत मासिक पेन्सन स्वरुप हालसम्म ३० करोड ८६ लाख रकम सुविधा उपलब्ध गराइएको कोषले जनाएको छ । त्यसैगरी १ लाख १६ हजार व्यक्तिलाई अवकाश भुक्तानी अन्तर्गत १५ अर्व २४ करोड सुविधा उपलब्ध गराइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय