काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन भएको छ ।

परराष्ट्र मन्त्रीस्तरको निर्णयअनुसार आगामी फागुन २९ देखि चैत्र २, २०८२ (मार्च १४–१६, २०२६) सम्म नेपालमा आयोजना हुने विश्व सम्मेलनको तयारी तथा व्यवस्थापनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा परराष्ट्र मन्त्रालयले उच्चस्तरीय आयोजक समिति गठन गरेको हो ।

सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै समिति गठन गरिएको संघको सचिवालयले जनाएको छ ।

आयोजक समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव रहेका छन् । यसैगरी नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, परराष्ट्र मन्त्रालयको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका सह–सचिव, आर्थिक कूटनीति महाशाखाका सह–सचिव लगायत सदस्य छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय