काठमाडौँ — वैदेशिक रोजगार विभागको महानिर्देशकमा मीरा आचार्यले जिम्मेवारी पाएकी छन् । उनी विभागकी पहिलो महिला महानिर्देशक हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनलाई सो जिम्मेवारीमा पठाएको छ । श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई विभागको जिम्मेवारी दिएका हुन् । उनी सामान्य प्रशासन मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएकी थिइन् ।
श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारमा रहेको संगठित अपराधलाई अनुसन्धान गर्न टास्कफोर्स बनाउने योजना बनाइरहेका बेला विभागले नयाँ महानिर्देशक पाएको हो ।
