काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकलाई ठगिबाट जोगाउन ‘हेल्प अस टु हेल्प यू’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि टेन सेल सेवा दिने जानकारी श्रम सचिव कृष्णहरि पुश्करले दिए । यस कार्यक्रम अन्तर्गत स्थानीय रोजगार सेवा केन्द्र देखि मन्त्रालयले सञ्चालन गर्दै आएको कल सेण्टरबाट श्रमिकलाई गन्तव्य देशको जानकारीदेखि लागत शुल्कसम्मको सूचना दिने व्यवस्था गरिने छ ।

‘वैदेशिक रोजगारमा जाने श्रमिकलाई आवश्यक पर्ने सूचनालाई १० वटा तहमा वर्गीकरण गरेका छौं । यसमा जाने देश, रोजगारदाताबाट आएको मागपत्र, योग्यता, आवश्यक पर्ने सीप, राज्यले तोकेको शुल्क, भुक्तानी गर्ने विधि, जाने सुरक्षित प्रक्रिया र योसँग सम्बन्धित आधिकारिक निकायका विषयमा उत्तर दिइनेछ,’ श्रम मन्त्रालयद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा श्रम सचिव पुष्करले भने,‘यसले सही सूचना दिन्छ । श्रमिकलाई डिजिटल ट्रयाप लगायतका विभिन्न ट्रयापबाट बचाउँछ ।’

मन्त्रालयका अनुसार यो सेवा पुस ८ गतेदेखि सुरु हुनेछ । ‘हरेक पालिकामा रोजगार सेवा केन्द्र छ । श्रमाधान कल सेन्टर छ । श्रम कार्यालयहरू छ । यी सबै निकायबाट कार्यालय समयभित्र सूचना दिइनेछ,’ उनले भने,‘यसले श्रमिकलाई ठगी हुनबाट जोगाउनेछ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय