काठमाडौ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणका लागि सूचीकृत १७१ वटा स्वास्थ्य संस्थाहरूको सूची सार्वजनिक गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्ती प्रकाशित गर्दै स्वास्थ्य संस्थाहरुको सूचि सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार ति संस्थाहरुको अन्तिम छनौट तथा निर्णय कात्तिक ३० गते भएको हो ।

मन्त्रालयले श्रमिकहरूको स्वास्थ्य परीक्षणलाई वैज्ञानिक बनाउन डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। उक्त विशेषज्ञ समितिको सिफारिसका आधारमा नयाँ मापदण्ड लागू गर्दै स्वास्थ्य परीक्षण शुल्क समेत बढाएको थियो। भिडिओ एक्सरे, मधुमेह, फोक्सो सम्बन्धी परीक्षण, कान सुन्ने, नसुन्ने लगायत परीक्षण शीर्षक थपिएसँगै शूल्क बढेको मन्त्रालयका अधिकारीहरूले बताएका थिए।

सोही नयाँ मापदण्डअनुसार संस्थाहरू सञ्चालन भएका छन् वा छैनन् भनि मन्त्रालयले अनुगमन गरेको र मापदण्ड नपुगेका २९ संस्था पुरानो सूचीबाट हटाइएको उल्लेख छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय