काठमाडौ, मलेसियाले श्रमिक पठाउने मेनपावर कम्पनीहरु माथि शर्त राखेको छ । तोकिएको मापदण्ड पूरा गरेका म्यानपावर कम्पनीहरूबाट मात्रै श्रमिकहरू लैजाने गरी मलेसियाको नयाँ नीति सार्वजनिक भएसँगै मलेसियाले सिण्डिकेट खडा गर्न खोजेको आशंका गरिएको छ । नेपालसँगै श्रमिक पठाउने स्रोत मुलुकहरु बंगलादेश, भारत, पाकिस्तान र म्यानमारका मेनपावर कम्पनीहरुका लागि मलेसियाले नयाँ शर्त तय गरेको हो ।

राखिएका शर्तहरुमा कम्तीमा पाँच वर्षको सञ्चालन अनुमति पाएको हुनुपर्ने तथा ति मेनपावर कम्पनी तथा एजेन्सीहरु लगातार कम्तीमा पाँच वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्नेछ।

यसैगरी पछिल्ला पाँच वर्षमा कम्तीमा तीन हजार कामदार व्यवस्थापन तथा पठाएको अनुभव भएको अभिलेख भएको हुनुपर्ने शर्त राखिएको छ । कम्तीमा तीन फरक देशमा कामदार पठाएको अनुभव हुनुपर्ने, सम्बन्धित मेनपावर कम्पनीले श्रमिकहरूको प्रशिक्षण, मूल्याङ्कन, भर्ती र कामदार पठाउने सम्बन्धी काम गर्न वैधानिक रूपमा अनुमति पाएको हुनुपर्ने तथा मेनपावर कम्पनीका सञ्चालकले सर्टिफिकेट अफ गुड कन्डक्ट पाएको हुनुपर्ने शर्त राखिएको छ।

यसैगरी एजेन्सी कुनैपनि जबरजस्ती श्रम, मानव बेचबिखन, श्रम कानुन उल्लङ्घन, ठगी वा वित्तीय अपराधमा संलग्न नभएको हुनुपर्ने, एजेन्सीले आफ्नै स्वामित्वमा रहेको तालिम तथा मूल्याङ्कन केन्द्र सञ्चालन गरेको हुनुपर्ने, पाँच अन्तर्राष्ट्रिय रोजगारदाताबाट सिफारिस पत्र पाएको हुनुपर्ने, कम्तीमा तीन वर्षदेखि स्थायी सञ्चालन गरेको कार्यालय हुनुपर्नेछ, जसको न्यूनतम क्षेत्रफल १० हजार वर्गफुट हुनुपर्ने र अघिल्ला भर्ती प्रक्रियाको कानुनी पालना प्रमाणित गर्ने कागजातहरू पेस गर्नुपर्ने शर्त मलेसियाले राखेको छ।

यस अगाडी पनि मलेसियाले यस्तै विभिन्न शर्तहरु राखेर सिण्डिकेट खडा गर्ने र श्रमिकमाथि आर्थिक शोषण गर्ने गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय