काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसामा परिवार तथा आफन्त लैजानका लागि नयाँ नियम लागू गरेको छ। नयाँ नियम अनुसार युएईमा परिवार, आफन्त वा साथीलाई प्रायोजन (स्पोन्सर) गर्न स्पोन्सरको आम्दानीको स्रोत बलियो हुनुपर्ने छ ।

युएईको नयाँ व्यवस्था अनुसार अब स्पोन्सर गर्ने व्यक्तिको न्यूनतम मासिक पारिश्रमिक चार हजार दिराम देखि १५ हजार दिरामसम्म हुनुपर्नेछ।
परिवार, आफन्त वा साथीभाइ लैजानेका लागि मासिक आम्दानी सीमा छुट्टाछुट्टै तोकिएको छ। बुबा आमा, श्रीमान वा श्रीमती, छोराछोरीहरूलाई भिजिट भिसामा युएई लैजाने हो भने मासिक तलब न्यूनतम चार हजार दिराम हुनुपर्नेछ। हजुरबा, हजुरआमा, दाजुभाइ, दिदीबहिनी, नाति–नातिनी जस्ता नाता सम्बन्धका व्यक्तिलाई लैजाने हो भने उनीहरूलाई लैजाने व्यक्तिको मासिक तलब ८ हजार दिराम हुनुपर्नेछ। त्यस्तै काका–काकी, मामा, फुपू जस्ता सम्बन्धका आफन्त लैजान पनि मासिक ८ हजार दिराम तलब हुनुपर्नेछ।

भिजिट भिसा आवेदन दिँदा नाता प्रमाणित कागजात पेस गर्नुपर्नेछ। नातेदार बाहेकका साथीभाइ घुम्न लैजाने हो भने पनि पाइन्छ। तर यसका लागि स्पोन्सरको तलब मासिक १५ हजार दिराम हुनुपर्ने उल्लेख गरिएको छ।

आवेदकले कम्तीमा ६ महिना म्याद रहेको पासपोर्ट तथा फिर्ती यात्रा टिकट पेस गर्नुपर्नेछ। भिजिट भिसा प्रवेशमा पारदर्शिता बढाउन तथा सुधारका लागि युएईले नयाँ व्यवस्था गरेको त्यहाँका विभिन्न सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय