काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपालीलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल र अध्ययन भइरहेको बताएकी छिन् ।

बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । गृह मन्त्रालयले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिनेबारे कार्यदल नै बनाएर अध्ययन गरिरहेको छ । रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपाली नागरिकलाई विदेशमासमेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको प्रधानमन्त्री कार्कीले जानकारी गराइन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तिनका हकहितको संरक्षण एवं गैरनेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति वर्तमान सरकार सकारात्मक रहेको उनले सम्बोधनको क्रममा बताएकी हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय