काठमाडौं । लन्डनमा आप्रवासन विरोधी विशाल र्याली प्रदर्शन भएको छ । शनिवार भएको सो प्रदर्शनका क्रममा हिंसा समेत भड्कीएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार युनाइट द किंगडम नाममा गरिएको सने विरोध प्रदर्शनमा झन्डै डेढ लाख मानिसअरु सहभागी थिए।
सो प्रदर्शनको नेतृत्व विवादास्पद अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले गरेका थिए। ४२ वर्षीय टमी रोबिन्सनविरुद्ध धेरैवटा आपराधिक मुद्दा दर्ता भएका छन्। उनले र्‍यालीलाई सम्बोधन गर्दै भने, ‘मौन बहुमत अब चुप लाग्ने छैन। आज सांस्कृतिक क्रान्तिको झिल्को हो।’

युरोप र उत्तरी अमेरिकाका अति दक्षिणपन्थी नेताहरूले त्यहाँ भाषण गरेका थिए जसमा फ्रान्सेली नेता एरिक जेमोर र जर्मनीको एएफडी पार्टीका पिटर बाइस्ट्रोन पनि थिए।

सो र्यालीको क्रममा टेस्ला र एक्सका मालिक इलोन मस्कले पनि भिडिओ लिंकमार्फत दिएको सन्देशमा भनिएको छ, ‘तपाईं हिंसा चाहनुस् वा नचाहनुस्, हिंसा तपाईको बाटोमा आउँदै छ। या तपाईं प्रतिकार गर्नुहोस् वा मर्नुहोस्।’

प्रदर्शनमा रहेका ब्यानरहरूमा ;बोटहरू रोक्नुहोस’ जस्ता नारा लेखिएका थिए भने हालै मृत्यु भएका अमेरिकी कार्यकर्ता चार्ली कर्कको तस्बिर पनि थियो।

बेलायतमा हाल आप्रवासनविरुद्धको आक्रोश बढ्दै गएको छ। निगेल फराजको पार्टी रिफर्म युके बढ्दो रूपमा लोकप्रिय हुँदै गइरहेको छ र शरणार्थीका लागि बनाइएका होटलविरुद्ध जताततै विरोध प्रदर्शन भइरहेको छ।

सो विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। यस क्रममा २५ जनालाई पक्राउ गरिएको जनाइएको छ।

यसैबीच त्यस प्रदर्शनविरुद्ध स्ट्यान्ड अप टु रेसिजम समूहले प्रतिवादमा प्रदर्शन गरेको थियो। सो प्रदर्शनमा भनें ५ हजारको हाराहारीमा मानिसहरु सहभागी भएको उल्लेख गरिएको छ । सो प्रदर्शनमा संलग्न लेबर सांसद डायन एबोटले रोबिन्सन र उनका सहयोगीहरूले झुट र खतरनाक प्रचार फैलाइरहेको आरोप लगाएकी छन्। उनले भनेकी छन्, ‘हामीले शरणार्थीहरूसँग ऐक्यबद्धता देखाउनुपर्छ र हामी एकताबद्ध छौँ भनेर देखाउनुपर्छ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय