काठमाडौं । श्रम स्वीकृति नलिई साउदी अरबमा कार्यरत नेपालीहरुको श्रम वैधानिकिकरण सम्वन्धी काम आज (साउन ३० गते) देखि सुरु भएको छ। नेपाली दुताबास रियादले एक समारोहको आयोजना गरी आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रीक लिइ राजदुत डा. नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरणको शुभारम्भ गरे ।

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम स्वीकृति बिना नै विदेशमा काम गर्ने श्रमिकलाई वैधानिकिकरण गर्ने अभियानमा नेपाली दुताबास साउदी अरेबियाको प्रयासलाई धन्यवाद दिए । श्रम स्वीकृतिको अभावमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरु आफ्नो मुलुक फर्किन नसक्ने अवस्थाको सिर्जना हुनु मानविय नाताले समेत उपयुक्त नभएकोले वैधानिकिकरण अभियान सुरु गर्नु परेको उनको भनाई थियो । साउदी अरबसंग द्विपक्षिय श्रम समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिदै मन्त्री भण्डारीले अबको सेवाहरु प्रविधिमा आधारित रहने पनि बताए ।

सो अवसरमा श्रम सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभाव जस्ता विविध कारणले श्रम स्वीकृतिको अभावमा राज्यबाट प्रदान हुने सेवाबाट कुनै पनि नेपाली बञ्‍चित भएकोले दुताबासबाटै श्रम वैधानिकिकरणको काम आवश्यक रहेको औल्याए । राजदुत डा. ढकालले श्रम वैधानिकिकरण गर्ने कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिने र यस कार्यमा विभिन्न सङ्घ संस्थाहरुको समन्वय र सहकार्यको लागि अनुरोध समेत गरेका छन्।

यस अगाडी नै ओमान, युएई लगायतका मुलुकहरुबाट वैधानिकिकरण सम्वन्धी सेवा सुरु भइसकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय