काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डाक्टर कृष्णहरि पुष्करले डिजिटल युगलाई आत्मसात गर्दै डिजिटलक्रेसीको अवधारणामा मन्त्रालयले नयाँ डिजिटल पद्दतिहरु थप्दै लगिएको बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सचिव डाक्टर पुष्करले समग्र श्रम चक्रलाई डिजिटलाइजेसन गर्न ब्लुप्रिन्टको प्रयोग गरी प्रणाली निर्माणको कार्यले थप गति लिने उल्लेख गरेका छन् ।

कार्यक्रमको अध्यक्षता गरेका सचिव पुस्करले स्वीस कन्ट्याक्टबाट श्रम संसार र रेमी परियोजनाबाट श्रम बजार सूचना प्रणालीको प्राविधिक दस्तावेजहरुको कार्यान्वयनबाट ब्यूरोक्रेसीलाई डिजिटलक्रेसीमा रुपान्तरण हुन लागेको जानकारी दिए । श्रमचक्रको समग्र प्रक्रियालाई डिजिटलाइजेसन ब्लुप्रिन्टले ध्यान दिएको उल्लेख गर्दै सचिव पुष्करले प्राथमिकता साथ कार्यान्वयन गरिने प्रतिबद्धता जनाए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय