काठमाडौं । आकर्षक तलब हुने काममा हगेरी र पोर्चुगल पठाइदिने आश्वासन दिएर सातजनासँग रकम ठगेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने बारा निजगढ नगरपालिका–१२ का ४१ वर्षीय रामबहादुर थिङ र भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ बस्ने रामेछाप, रामेछाप नगरपालिका–३ का ३७ वर्षीय चन्द्रबहादुर सुवेदी रहेका छन् ।

पक्राउ मध्ये रामबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २९ लाख रूपैयाँ र चन्द्रबहादुरले हँगेरी पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ बाट उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय