काठमाडौँ — वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । शाखाले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो । उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र पशुपालन क्षेत्रमा १ हजार ८ सय कोटा तोकिएको शाखाले जनाएको छ ।

कोरियन भाषा परीक्षाका लागि यही साउन २६ देखि ३१ गतेसम्म आवेदन दिन सकिने र आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, नेपाली नागरिक हुनुपर्ने शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । भाषा परीक्षा भने काठमाडौं केन्द्रबाट सञ्चालन हुनेछ ।

ईपीएस प्रणालीअन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरूका लागि भाषा परीक्षा अनिवार्य गरिएको छ । आवेदकले आवेदन फारम अनलाइन प्रणाली https://eoers.epsnepal.gov.np मा गएर भर्नुपर्नेछ। परीक्षा शुल्क २८ अमेरिकी डलर (आजको रेटअनुसार ३ हजार ८ सय ६६ रुपैयाँ) लाग्छ । परीक्षाको समयतालिका भने पछि प्रकाशित गर्ने शाखाले जनाएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय