वैदेशिक रोजगारीमा रहेकाहरुलाई झापा ईनर्जीको आइपिओ

काठमाडौं । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई झापा इनर्जीको आईपीओ खुलेको छ । कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँको आईपीओ आयोजना प्रभावित स्थानीयका लागि खुलाएको छ ।
यसैगरी वैदेशिक रोजगारमा रहेकालाई ५७ हजार २९ कित्ता सेयर खुलाइएको छ । वैदेशिक रोजगारमा रहेकाले छिटोमा साउन १८ तथा ढिलोमा २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उनीहरुले अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले इक्रा नेपालबाट बी माइनस रेटिङ पाएको छ । गत आर्थिक वर्षसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९३ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ८४ पैसा छ । साथै सो अवधिसम्म कम्पनीको सञ्चित नोक्सानी १ करोड ७५ लाख रुपैयाँ छ ।

आवेदन दिन चाहनेहरुले न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धकले जनाएको छ । प्रभावित स्थानीयले छिटोमा साउन २८ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा बिक्री नभएमा भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितका रुपमा शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल तथा आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्र पर्दछ । कम्पनीले शिवसताक्षीमा १० मेगावाटको सोलार आयोजना सञ्चालनमा ल्याएको छ ।

फारम हिमालयन क्यापिटलको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय