काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल, नर्वे र डेनमार्क पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरबहादुर घिसिङ र दिनेश खड्का छन्, जसले विभिन्न व्यक्तिहरूबाट लाखौं रुपैयाँ ठगी गरेको आरोप छ ।

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।

२१ जेठ, काठमाडौं । पोर्चुगल, नर्वे र डेनमार्क पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ घर भएका ५५ वर्षीय वीरबहादुर घिसिङ र बर्दिबास नगरपालिका–६ का ३९ वर्षीय दिनेश खड्का छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकु र कोटेश्वरबाट पक्राउ गरेको हो ।

घिसिङले नर्वे र डेनमार्क पठाउने भन्दै २ जनाबाट ५ लाख १० हजार र खड्काले पोर्चुगल पठाउने भन्दै एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय