काठमाडौं । देशभरि २० लाख ७९ हजार ४ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।

आर्थिक सर्वेक्षण २०८१/८२ प्रतिवेदन अनुसार फागुन २०८१ सम्म उक्त संख्यामा श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका हुन् ।

यस अवधिमा औपचारिक क्षेत्रका ५ लाख ६८ हजार १ सय ८८, वैदेशिक रोजगारीमा रहेका १५ लाख १० हजार ६३, अनौपचारिक क्षेत्रमा ४ सय ४६ र स्वरोजगार ३ सय ७ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका हुन् ।

यो अवधिमा २० हजार २ सय ४४ रोजगारदाता सूचिकृत भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय