काठमाडौं, पूर्व श्रममन्त्री समेत रहेका सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए ।
उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । उनी विगत लामो समययता विरामी थिए । घाँटीको समस्याबाट पीडित उनले निर्वाचनमा एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् । उनको प्रतिस्पर्धी तत्कालीन बहालवाला गृहमन्त्री बालकृष्ण खाण रहेका थिए ।
